बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिशला र रोहितको ‘काठमाण्डु सहर’ टुबोर्ग ओपन सेसन्स् २ मा

मङ्गलबार, २४ मङ्सिर २०७६, १२ : १२
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौं– टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा त्रिशला गुरुङले रोहित शाक्यको साथमा उनीहरुको हिट गीत ‘काठमण्डु सहर’को प्रत्यक्ष प्रस्तुती पेश गरेका छन् । 

उनीहरुको उक्त हिट गीतलाई रोहितको नयाँ भाव दिई प्रस्तुत गरिएको छ । च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २०१८ मा सुरु भएको एक युट्युब सिरिज हो । 

पहिलो संस्करणमा अपलोड गरिएको ५१ वटा गीतहरु मार्पmत सफलतापुर्वक १ करोड भन्दा बढी भ्युज संकलन गरेपछि अहिले फेरि दोस्रो संस्करण सुरु भएको छ ।

राजधानी सहरबाट प्रेरित उक्त गीतले त्रिशलाको नजरबाट काठमान्डुको सुन्दरता, मानिस र यादहरुको कथा बताउँछ । गीतले त्रिशलाको सुरिलो आवाज र रोहितको सांगीतिक जादुलाई एकसाथ प्रस्तुत गर्दछ । 

सानै देखि संगीतमा निकै रुचि राख्ने त्रिशला प्रशंसित गायिका हुन् भने अहिलेको नेपाली सांगीतिक बजारमा निकै प्रतिष्ठित र छुटाउन नमिल्ने नाम हो रोहित शाक्य । शाक्य निकै लोकप्रिय प्रोग्रेसिभ–अल्टरनेटिभ रक ब्याण्ड ‘जिन्दाबाद’ का सदस्य पनि हुन् । हालको नेपाली सांगीतिक बजारमा उनी एक सफल युवा प्रतिभा रहेका छन् । टुबोर्ग ओपन सेसन्स्को यस सिजनका निर्माताहरु मध्ये रोहित पनि एक हुन् ।

टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मदत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पु¥याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप