शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाका मुस्लिम नागरिक त्रासमा

आइतबार, ०४ भदौ २०७४, १७ : ०७
आइतबार, ०४ भदौ २०७४

बार्सिलोना । स्पेनको बार्सिलोना सहरमा गत बिहीबार आतंककारी हमला भयो । त्यहाँ कम्तीमा पनि १३ जनाको ज्यान गयो । अरु १०० जनाभन्दा बढी नराम्ररी घाइते भए । 

पछि सो हमलाको इस्लामिक स्टेट नामक आतंककारी समूहले जिम्मा लिएको छ । उक्त समूहले सो भीषण हमलाको जिम्मा लिएपछि सो सहरमा बस्ने मुस्लिम समुदायका नागरिकमा त्रास छाएको समाचार छ । 

यहाँ रहेका मुस्लिम समुदायका नागरिकमाथि हमला हुनसक्ने त्रास बढेको समाचारमा जनाइएको छ । 

बार्सिलोना सहरमा सानो संख्यामा मुस्लिम समुदायका नागरिक बस्छन् । उनीहरुमा आफूहरुमाथि हमला हुने हो कि भन्ने डर छ, यहाँका बासिन्दालाई उद्धृतगर्दै समाचारमा जनाइएको छ । 

गएको करिब नौ वर्षदेखि बार्सिलोनमा बस्दै आएका बंगलादेशका २३ वर्षिय मिहाले भने, यहाँ बसोबास गर्दै आएका मुस्लिम समुदायका नागरिक निकै डराएका छन् उनीहरु घरबाहिर पनि निस्किन सकिरहेका छैनन् । 

बार्सिलोना सहरको एक बस्तीमा ४० जना मुस्लिम बस्दै आएका छन् । उनीहरु ४० को संख्यामा रहेका छन् । तर गत शुक्रबार प्रार्थना गर्न मस्जिदमा बढीमा १५ जनामात्र आएका थिए, उनले भनेका छन् । 

उनका अनुसार मुस्लिम अनुहार देखेपछि बाटो हिंडीरहेका सर्वसाधारण नागरिकदेखि प्रहरीसम्मले निकै निगरानी गर्ने र कडा रुपमा हेर्ने भएकोले उनीहरुमा त्रास छाएको मिहाको भनाई थियो । 

इस्लामिक स्टेटले गएका केही बर्षयतादेखि युरोपेली देशमा आक्रमण गर्दै आएको छ । यसरी गरिएका आक्रमणहरुबाट नागरिकको ज्यान जाने क्रम बढ्दो मात्रामा रहेको बताइएको छ । 

सन् २०१४ मा उक्त आतंककारी समूहले गरेको आक्रमणमा परी ४८ जनाको ज्यान गएको थियो भने यो संख्या २०१५ सम्ममा निकै बढेको छ । 

युरोपमा कार्यालय रहेको एक संस्थाको पछिल्लो तथ्यांकअनुसार सन् २०१५ मा युरोपका विभिन्न देशमा भएका यस्ता आतंककारी हमलामा परी ज्यान जानेको संख्या ५३४ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप