दोलखा घुस प्रकरण : घुस खाने एउटा, गाली खाने अर्को
यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाले दुर्घटनामा ज्यान गुमाउँदा नेपाल पर्वतारोहण संघका अध्यक्ष रहेका आङछिरिङ शेर्पालाई धेरैले श्रद्धाञ्जली दिए । नाम र कार्यक्षेत्र एउटै हुँदा यस्तो अवस्था आएको थियो ।
नाम मिलेकै कारण एक उपसचिवले अहिले घुस्याहा भन्दै गाली खाइरहेका छन् । अभद्र व्यवहार मुद्दाका आरोपसँग घुस खाएको आरोपमा दोलखाका सीडीओ खगेन्द्रप्रसाद रिजालले घुस खाएको विषय बाहिर आयो । उनलाई सरुवा गरेर गृहमन्त्रालयले छानबिन थालेको छ । तर, यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत उपसचिव खगेन्द्र रिजालले तनाव झेलिरहेका छन् । किनकि दुवैको जनाको नाम र थर एकै र दुवैको पद पनि उपसचिव । आफन्तहरुले फने गरेर तनाव दिएपछि प्रम कार्यालयमा कार्यरत उपसचिव रिजालले फेसबुकबाटै स्पष्टीकरण दिनुपरेको छ ।
घुस खाने रिजाल गोरखाका हुन् भने प्रम कार्यालयका रिजाल दैलेखका हुन् । घुस खाने रिजाल विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहायक प्रवक्ता थिए । उनी लोकमानसिंह कार्कीका विश्वासपात्र थिए ।
आजको दृष्टि साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी