शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल शर्मा बने बुवा

मङ्गलबार, २४ मङ्सिर २०७६, ०७ : ४३
मङ्गलबार, २४ मङ्सिर २०७६

भारतीय हास्यकलाकार कपिल शर्मा बुवा बनेका छन् । उनकी श्रीमती गिन्नी चतरथले छोरी जन्माएकी छिन् ।

मंगलबार बिहानै तीन बजेर ३८ मिनेटमा उनले यसबारे जानकारी दिएका हुन् । आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् उनले लेखेका छन्, ‘छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु । तपाईंहरुको आशिर्वादको खाँचो छ । सबैजनालाई माया । जय माता दी ।’

उनको यो ट्वीटमा अहिलेसम्म १४ हजार बढी लाइक्स आइसकेको छ भने ९ सय बढीले रिट्वीट गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप