शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्रलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने–बाबुरामसँग ज्ञान छ, बुद्धि छैन

आइतबार, ०४ भदौ २०७४, १६ : ५६
आइतबार, ०४ भदौ २०७४

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँग ज्ञान भएपनि बुद्धि नभएको टिप्पणी गरेका छन् । 
 आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘बाबुरामजीलाई सबै कुराहरु बनाउने ज्ञान छ । तर कहाँ  प्रयोग गर्ने भन्ने थाहा छैन । बन्दु, खुकुरी सबै बनाउने ज्ञान छ तर कहाँ प्रयोग गर्ने भन्ने थाहा छैन ।’
उनले  रामचन्द्र झा पनि बाबुराम जस्तै भएका हुन् कि भन्ने आफूलाई लागेको भएपनि  फर्किएर आउँदा खुसी लागेको बताए । उनले ठट्यौली शैलीमा भने, ‘  अर्का बिद्धान (झा) पनि उही बिद्धानको पछि लाखेर हैरान पारेका थिए तर ज्ञान रहेछ । फर्केर आए ।’ 
उनले बाबुराम, किरण र  विप्लव सबै माओवादी फर्किनुको विकल्प नरहेको भन्दै  आफैं सकिएर जाने चेतावनी दिए । 
उनले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा राजपा सहभागि हुने समेत दाबी गरे । 
सो पार्टी प्रवेश कार्यक्रममा झासहित रामकुमार शर्मा, कलामुद्धिन रायन, ब्रिज किशोर यादवलगायत माओवादीमा फर्किएका थिए  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप