शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको नयाँ कार्यदिशा :  वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादतर्फ

मङ्गलबार, २४ मङ्सिर २०७६, ०६ : ५४
मङ्गलबार, २४ मङ्सिर २०७६

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधान संशोधन गर्दै वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्ने गरी पार्टीको नयाँ कार्य्दिशा तय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्दै कार्यदिशा परिवर्तन गर्ने निर्णय गरेको हो । 

यो प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले पारित गरेपछि लागू हुनेछ ।

तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरणपश्चात् बनेको नेकपाको पार्टी कार्यदिशा विषयमा बहस हुँदै आएको थियो । यसअघि नेकपाको मार्गदर्शक सिद्धान्तः माक्र्सवाद लेनिनवाद र कार्य्दिशाः समाजवाद उन्मुख जनताको जनवाद राखिएको थियो । 

मार्गदर्शक सिद्धान्त पुरानै राखी कार्य्दिशा मात्रै परिवर्तन गर्ने निर्णय गरिएको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा  सुभाष साहले लेखेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप