बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फेन्सिङमा नेपाललाई दुई रजत

सोमबार, २३ मङ्सिर २०७६, २२ : २४
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत फेन्सिङमा नेपालले आज दुई रजत पदक जितेको छ । नेपालले महिला टिम इपी र महिला टिम साबरमा रजत जितेको हो । 

योसँगै नेपालले फेन्सिङमा चार रजत तथा छ कास्य गरी १० पदक जितेको छ । दुवै स्पर्धामा नेपाल भारतसँग पराजित भयो । महिला टिम इपीमा बङ्गलादेश र श्रीलङ्काले कास्य जिते । 

यस्तै महिला टिम साबरमा पनि बङ्गलादेश र श्रीलङ्काले नै कास्य जिते । पुरुष फ्वेल स्पर्धामा भारतले स्वर्ण, बङ्गलादेशले रजत तथा नेपाल र श्रीलङ्काले कास्य जिते ।  फेन्सिङमा भारतले ११ स्वर्ण, पाँच रजत र एक कास्य, बङ्गलादेशले एक स्वर्ण, तीन रजत र सात कास्य तथा नेपालले चार रजत र छ कास्य जितेको हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप