बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकासँग कैदी आदानप्रदान गर्न इरान तयार

सोमबार, २३ मङ्सिर २०७६, २२ : २०
सोमबार, २३ मङ्सिर २०७६

तेहरान । इरानले अमेरिकासँग कैदी आदानप्रदान गर्न आफू तयार रहेको सोमबार जनाएको छ । इरानले कैदी साटासाट गर्न सहमति जनाएकोप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धन्यवाद ज्ञापन गरेका छन् । उनले इरानको यो सहमतिलाई ‘धेरै सन्तोषजनक लचकता’ को संज्ञा दिएका छन् ।

सन् २०१६ देखि इरानमा रहेका चिनियाँमुलका अमेरिकी सियु वाङ र सन् २०१८ देखि अमेरिकामा रहेको इरानी मस्सौड सोलेइमानीलाई साटासाट गर्ने सहमति भएपछि इरानले यो सन्देश दिएको हो ।

‘यो अहिले एउटा मात्रै साटासाट हो, अरु पनि साटासाट गर्न हामी तयार छौँ,’ एक जना प्रवक्ता अलि राबैयाले भने ।

‘कुनै सम्झौता र वार्ताबाट यस्ता समस्याको समाधान निकाल्न सकिन्छ,’ उनले राज्यद्वारा सञ्चालित टेलिभिजनमा भने । –एएफपी/Photo:AP

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप