शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पल्सर डेयर भेन्चर राइडर्सले गरे दशरथ रंगशाला सफा

सोमबार, २३ मङ्सिर २०७६, १९ : १९
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं– पल्सर डेयर भेन्चरका राइडर्सले डिसेम्बर ८ मा नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरकमा १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट सफा गरेका हुन् ।

पल्सर डेयर भेन्चर नेपालको सबभन्दा लोकप्रिय, साहसिक र पहिलो बाइकिङ्ग रियालीटी सो हो र यसको सफलतापुर्वक ३ वटा सिजन सकिसकेको छ र चौथोँ सिजन शुरु भएको छ जुन एपी१ एचडी टिभीमा हरेक शनिबार राति ९ बजे प्रसारण हुदैँ आइरहेको छ ।

पल्सर डेयर भेन्चर एक साहसिक बाइक रियालिटी सो मात्र नभएर यसले राइडरहरुलाई एउटा नम्र र सम्मानित नागरीक बन्नका लागि कौशल र अनुशासन विकास गर्न सहयोग गर्दछ । र, यो सरसफाईको प्रयास जहाँ कहि जुनसुकै बेला कायम गर्नु पर्ने अनुशासन कौशल मध्यको एउटा पाटो हो । 

हंसराज हुलासचन्द एण्ड कम्पनी, नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र अधिकृत वितरक सदैव आफ्नो सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको छ र संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिको हिस्साको रुपमा ग्राहकहरुको हितका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

नेपालले दक्षिण एशियाली खेलकुद २०१९ आयोजना गरिरहेको छ जहाँ ७ देशका सहभागीहरु द्विवार्षिक बहु–खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले यो तेस्रो पटक दक्षिण एशियाली खेलकुद आयोजना गरेको हो ।

पल्सर डेयर भेन्चरका राइडरहरु मध्य एक जना राइडरले आफ्नो भावना व्यक्त गर्दै भने, ‘हामी जथाभावी फोहोर फाल्नु हुन्न भन्ने कुरामा ज्ञात छौं तर पनि जथाभावी फोहोर फाल्छौं । यो पहलसँगै हामी उचित स्थानमा मात्र फोहोर फाल्नुपर्छ भन्ने जनचेतना फैलाउन चाहन्छौ र सम्पूर्णलाई यो पहल आफैबाट र आजैबाट शुरु गर्न अनुरोध गर्न चाहन्छौं ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप