शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साईप्रसमा एक नेपाली विद्यार्थीद्वारा आत्महत्या

सोमबार, २३ मङ्सिर २०७६, १८ : ००
सोमबार, २३ मङ्सिर २०७६

साईप्रसको पापोस शहरमा  एक नेपाली विद्यार्थीले आत्महत्या गरेको खबर छ । 

झापा जिल्लाको दमक स्थायी घर भएका २३ वर्षीय धकराज कार्कीले आत्महत्या गरेका हुन् । 

आइतबार बिहान आफ्नो कोठामा  झुन्डिएको अवस्थामा कार्कीलाई फेला पारिएको साइप्रस प्रहरीले जनाएको छ। 

६ महिनाअघि विद्यार्थी भिसामा त्यहाँ पुगेका कार्की  निकोसिया सहरको सिटी युनिटी कलेजमा अध्ययनरत थिए ।

परिवारको आर्थिक स्थिति  कमजोर भएको र त्यहाँ काम पाउन समस्या परेकाले मानसिक तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने  साईप्रस प्रहरीले जनाएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप