बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

साग फुटबल फाइनल खेलको सबै टिकट बिक्यो, खेल सुरू हुनु भन्दा आधा घण्टाअघि नै गेट बन्द हुने

सोमबार, २३ मङ्सिर २०७६, १७ : ५१
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार हुने फुटबल फाइनलको सबै टिकट सोमबार नै बिक्री  भइसकेको छ ।

 सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट विक्री भएका छन् । मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरूहुनुभन्दा आधा घण्टा अगाडी नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने इसेवाले जनाएको छ । 

भिभिआइपी, भिआइपी, तथा अति विशिष्ट पाहुनाहरुको सवारी तथा सुरक्षाको दृष्टिकोणले खेल सुरू हुनुभन्दा आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने भएकाले दुई घण्टा अगाडी नै रंगशाला पुग्न इसेवाले आग्रह गरेको हो । 
मंगलबार साग खेल अन्तरगतको पुरूष फुटबलतर्फ नेपाल र भुटान स्वर्ण पदका लागि भिड्दैछन् । खेल बेलुकी ३ बजेदेखि सुरू हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप