शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कारबाहीमा दुई दर्जन बढी तालिबानी लडाकू मारिए

सोमबार, २३ मङ्सिर २०७६, १७ : ४५
सोमबार, २३ मङ्सिर २०७६

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको प्रान्तीय राजधानी मैदान सारमा  तालिबानी लडाकू विरुद्ध सुरक्षाबलले गरेको कारबाहीको क्रममा कम्तीमा २५ लडाकू मारिएका अफगान गृह मन्त्रालयमा प्रवक्ता नसरत रहिमीले सिन्ह्वा समाचार समितिलाई बताएका  छन् । 

उपगृहमन्त्री जनरल खोशाल सदातले गर्नु भएको निरीक्षणको क्रममा विद्रोहीहरुको मुख्य अखाडा पनि ध्वस्त भएको बताउनु भएको रहिमीले जानकारी दिए ।  सो क्षेत्रमा सशस्त्र विद्रोहीहरू रहेसम्म त्यो कारबाही जारी रहनेछ । कारबाहीको क्रममा सुरक्षाकर्मीहरु हताहत भए नभएको भने प्रवक्ताले प्रष्ट गरेका छैनन् ।

काबुलबाट ३५ किलोमिटर पश्चिममा पर्ने वार्दाक प्रान्तको प्रान्तीय राजधानी मैदान सारमा सक्रिय रुहेका तालिबानी आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप