शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर २९ गते नेकपा स्थायी कमिटी बोलाउने निर्णय

सोमबार, २३ मङ्सिर २०७६, १६ : २८
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आगामी मंसिर २९ गतेका लागि बोलाइएको छ । 

पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

 यस्तै बैठकले विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आगामी स्थायी कमिटी बैठकमा प्रस्ताव पेश हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । 

यसैगरी उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप भएको छ । रिपोर्ट बुझाउने समय आइतबारसम्मको लागि रहेकोमा सो अवधिमा पूर्ण रिपोर्ट आइनसकेकाले ५ दिन थप गरिएको श्रेष्ठले जानकारी दिए । 

केही जिल्लामा संगठनात्मक समस्या देखिएको भन्दै सोको समाधान गर्न बैठकले केन्द्रीय संगठनको विभागलाई जिम्मेवारी दिने निर्णय पनि गरेकाे प्रवक्ता श्रेष्ठले बताए । 

यस्तै विभिन्न विभाग तथा आयोगलाई पूर्णता दिन ७ दिनभित्र प्रस्ताव पेश गर्न बैठकले सम्बन्धित संयोकजलाई निर्देशन दिएको छ । 

यसैबीच बैठकले कर्णाली प्रदेशका सचिवले दिएको राजीनामा  बैठकले अस्वीकृत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप