बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीको आगलागी भएको भवनमा थियो जम्मा एउटा ढोका, भवन–धनी र म्यानेजर पक्राउ

सोमबार, २३ मङ्सिर २०७६, १६ : १५
सोमबार, २३ मङ्सिर २०७६

दिल्लीको अनाज मण्डीस्थित एक भवनमा आइतबार आगलागी हुँदा ४३ व्यक्तिको मृत्यु भयो । 

दमकल विभागका अनुसार आगलागी भएको भवन घना वस्तीको बीचमा थियो । त्यस्तै त्यहाँ गल्ली पनि निक्कै साँघुरो थियो । यसले गर्दा दमकल विभागको गाडी घटनास्थलमा पुग्दा समय लाग्यो । 

यही कारण मर्नेको संख्या बढ्न पुग्यो । प्रमुख दमकल अधिकारी अतुल गर्गका अनुसार भवनमा एकमात्र ढोका थियो । यस गर्दा हताहतीको संख्यामा उलेख्य वृद्धि भएको अधिकारीले आशंका गरेका छन् । 

आगलागी भएको अनाज मण्डीस्थित भवन आगलागी प्रमाणिकता थिएन । साथै भवनभित्र कतै पनि आगलागी हुँदाको अवस्थामा सुरक्षा उपकरण जडान गरिएको थिएन । 

प्रहरीले अहिले भवनका मालिक रेहान र उनका म्यानेजर फुरकानलाई पक्राउ गरेको छ ।

उद्योगमा रहेको प्लास्टिकजन्य सामाग्रीको ठूलो परिणाम जल्दा उत्सर्जित विशालु धुँवाले मानिसहरु निस्सासिन पुगेका थिए । 

दुर्घटनाको एक दिन अघि पनि त्यसक्षेत्रको अर्को उद्योगमा आगो लागेको थियो । तर त्यसबाट धनमालमा नोक्सानी भएन । 

अधिकांश उद्योगले आगलागीको जोखिमको जाँच गराएका छैनन् 

आगलागी भएको भवन घना वस्ती रहेको क्षेत्रमा रहेको छ । त्यस क्षेत्रको गल्ली साँघुरो छ । 

दमकल विभागका अधिकारी सुनील चौधरीका अनुसार साँघुरो गल्लीको कारणले वचाव टिम घटनास्थलमा पुग्न ढिलो भएको थियो । 

मर्नेको संख्या यस कारण पनि बढेको थियो । स्कूल ब्याग, बोटल बनाउने उद्योग भएकाले त्यहाँ धेरै प्लाष्टिकका सामाग्री थिए । 

त्यसले गर्दा आगो सल्किएपछि विशालू कार्बनमोनो–अक्साइड भवनमा भरिएको थियो । सोही ग्यासको कारण धेरैको निस्सासियर मृत्यु भयो । 

‘हामी भवनमा पस्दा सम्पूर्ण दोस्रो र तेस्रो तल्ला धुवाले भरिएको थियो । त्यसमा कार्बन मोनोअक्साईडको मात्रा अत्यधिक थियो ,’ एनडीआरएफका सहायक कमाण्डर आदित्य प्रताप सिंहले भने । 

घटना भएको क्षेत्रमा बसोबास गर्ने मानिसका अनुसार त्यस क्षेत्रमा एक हजार उद्योग र ४० हजार जति दोकान रहेको छ । तीमध्ये अधिकाशं उद्योग अवैध छन् । तीमध्ये धेरैले सम्बन्धित निकायबाट आगलागी जोखिमसम्बन्धी परिक्षण गराएका छैनन् ।

अझ साँघुरो गल्लीमा तारको जालोको कारण जुनसुकै समय तारमा सर्ट भएर आगलागी हुने सम्भावना रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप