शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिडियामाथि खनिए प्रधानमन्त्री ओलीका सल्लाहकार

सोमबार, २३ मङ्सिर २०७६, १५ : ००
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे मिडियाहरुले अतिरञ्जना फैलाएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थाबारे आज एक पत्रकार सम्मेलनको आयोजना गरी सल्लाहकार थापाले सो आरोप लगाएका हुन् ।

थापाले मिडिया हाउसका सम्पादकहरुले समेत संवेदनशीलतालाई बुझ्न नसकेको बताउँदै उनीहरुले अतिरञ्जना गरेर लेख्ने गरेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गर्दा मिडियाहरुले अतिरञ्जना फैलाएको घटनाबारे स्मरण गर्दै यसमा डाक्टरहरुलाई दोष दिने ठाउँ नभएको स्पष्ट पारे ।

उनले भने, ‘पछिल्लो घटनामा डाक्टरलाई दोष दिने ठाउँ छैन । अस्पताल पुर्याउन भने केही ढिलो भएकै हो । समयमै समस्या पहिचान नभएको हो ।’

उनले आगामी दिनमा भने अहिले जसरी प्रधानमन्त्रीको स्वास्थ्यको सम्बन्धमा गलत हल्ला नफैलिने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप