शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साग क्रिकेट फाइनल : श्रीलंकाले दियो बंगलादेशलाई १२३ रनको लक्ष्य

सोमबार, २३ मङ्सिर २०७६, १४ : ५३
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटतर्फ बंगलादेशले उपाधिका लागि १२३ रनको लक्ष्य पाएको छ ।

स्वर्ण पदकका लागि सोमबार बंगलादेश र श्रीलंकाबीच भएको खेलमा बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेपछि श्रीलंकाले सबै विकेट गुमाएर १२२ रनको योगफल तयार पारेको हो ।

श्रीलंकाका लागि शम्मु अशनले २५ रन बनाए । यस्तै, पथुम निस्सङकाले २२ र निशान फर्नान्डोले १६ रन बनाए ।

बंगलादेशका लागि हसन महमुदले तीन र तनवीर हसनले दुई विकेट लिए । त्यस्तै सुमोन खान र मेहदी हसनले एक–एक विकेट हात पारे ।

खेलको विजेताले पुरुष क्रिकेटको स्वर्ण पदक प्राप्त गर्नेछ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप