बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धुम्बराहीमा नेकपा सचिवालय बैठक सुरु, ओली उपस्थित भएनन्

सोमबार, २३ मङ्सिर २०७६, १३ : ३४
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । नेकपा सचिवालय बैठक धुम्बराहीस्थित पार्टी कार्यालयमा सुरु भएको छ ।  अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओलीको अनुपस्थितिमा सचिवालय बैठक सुरु भएको हो  । 

प्रधानमन्त्री ओलीको केही दिनअघि मात्र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । उनी १० दिन लामो उपचारपछि बिहीबार अस्पतालबाट डिस्चार्ज भएका थिए । 

यसअघि गत बुधबार पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृया टुंग्याउन सोमबार बिहान नौ बजेका लागि बैठक बोलाउने निर्णय गरे पनि १ बजेका लागि बैठक सारिएको थियो । 

आइतबार अध्यक्ष प्रचण्डले सोमबारको बैठकमा पेश गर्ने एजेण्डाका बारेमा पार्टी नेताहरुसँग छलफल गरेका थिए । बैठकमा प्रचण्डले विभिन्न बैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । प्रचण्डको प्रस्तावमा पार्टी एकता प्रकृयालाई पूर्णता दिँदै ६ महिने अभियान चलाउने योजना समेत समेटेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप