शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल र एम्बुलेन्स ठोकिँदा दुईको मृत्यु, एक घाइते

सोमबार, २३ मङ्सिर २०७६, १२ : ३२
सोमबार, २३ मङ्सिर २०७६

सिरहा । सिरहा सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहको गोलबजार नपा ४ मुख्य चोकमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स. १ च ६९३ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नपा १२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको छ ।

महराको घटनास्थलमै र मण्डलको उपचारको लागि विराटनगर लानेक्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप