बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मीपुर पतारी गाउँपालिका भवनमा तोडफोड, प्रहरीद्वारा पाँच सेल अश्रुग्यास प्रहार

सोमबार, २३ मङ्सिर २०७६, ११ : ४०
सोमबार, २३ मङ्सिर २०७६

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा व्यापक अनियमिता भएको भन्दै विरोधमा उत्रेका भीडले गाउँपालिकाको भवनमा तोडफोड गरेको छ । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको छ ।

गाउँपालिकाले बजेटमा गाउँपालिकाका अध्यक्ष र प्रशासकितय अधिक्रितले अनियमितता गरेको भन्दै हिसाव पारदर्शीताको माग गर्दै एक साताभन्दा बढी समयदेखि स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।

जुलुससहित गाउँपालिका भवन घेराउ गर्ने क्रममा प्रहरीले एक जनाको टाउको फुटाएपछि आफूहरु तोडफोडमा उत्रिएको आन्दोलनकारीहरुले बताएका छन् । यता प्रहरीले भने आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा भित्तामा लागेर फर्कदाँ तीनको टाउकोमा चोट लागेको दाबी गरेको छ ।

प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा दर्जनबढी आन्दोलनकारी घाइते भएका छन् भने केही प्रहरी पनि घाइते छन् ।

आन्दोलनकारीहरुले गाउँपालिकाको भवनको झ्याल, ढोका फुटाउनुको साथै कार्यालयभित्र रहेका पदाधिकारीमाथि आक्रमण गर्न खोज्दा स्थितिलाई नियन्त्रणमा लिन पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले जनाएको छ ।

आन्दोलनकारीले कार्यालय परिसमार रहेको दुईवटा सिसिटिभी क्यामेरा समेत फुटाइ दिएका छन् ।

६ वटा वडा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकाकामा तीन वटा संघीय समाजवादी फोरम, दुई  वडामा नेपाली काँग्रेस र एक वडामा नेकपाले जितेका छन् । जसमध्ये फोरमका तर्फबाट विजयी भएका वडा नम्बर १, २ र ३ का पदाधिकारी, गाउँपालिका प्रमुख र उपप्रमुखको उपस्थितिमा विशेष गाउँ सभा सम्पन्न भएको छ । गाउँसभामा वडा नं. ४, ५ र ६ का वडा अध्यक्ष सहितका पदाधिकारी उपस्थित थिएनन् ।

अनियमितताको विरुद्धमा नेपाली काँग्रेस र नेकपाबाट विजयी ३ वडाका वडा अध्यक्ष सहितका पदाधीकारी र पार्टी आन्दोलनमा छन् ।

वडा नं. ५ का वडा अध्यक्ष देवकुमार यादवले विशेष गाउँसभाको विषयमा हामीलाई औपचारीक जानकारी नभएको बताए । उनले गत असार २५ गते नै गाउँ सभासम्पन्न भइसककेकोले विशेष गाउँ सभाको कुनै औचित्य नै नरहेको जिकिर गरे । उनले भने, ‘हामीले २५ गते नै गाउँसभा सम्पन्न गरिसकेका छौँ । तर,  गाउँपालिका प्रमुख रामबल्लव साहले बहुमतकोे दम्भ देखाउन मात्र विशेष गाउँसभा आयोजना गरेका हुन् ।’

वडाअध्यक्षले वडाका लागि छुट्याएको बजेट कार्यकर्ता पाल्ने ढङ्गले स–सानो टुक्रामा विभाजन गरेको आरोप उनीहरुले लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप