पुरुष क्रिकेटमा नेपाललाई ९५ रनको लक्ष्य
सोमबार, २३ मङ्सिर २०७६, १० : २७
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको क्रिकेटमा तेस्रो स्थानका लागि भएको खेलमा माल्दिभ्सले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले माल्दिभ्सलाई निर्धारित २० ओभरमा ९४ रनमा समेटेको हो । माल्दिभ्सले नौ विकेट गुमाएर ९४ रन बनाएको हो ।
माल्दिभ्सका लागि लीम शफिगले सर्वाधिक १९ रन बनाए । यस्तै, मोहम्मद रिशवानले १७, मोहम्मद मोहफुजले १६ र उमर अदामले ११ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । उनले चार ओभरमा मात्र ६ रन खर्चदैँ तीन विकेट हात पारेका हुन् ।
यस्तै, सुशन भारीले दुई, पारश खड्काले एक विकेट लिए । माल्दिभ्सले रन आउटका रुपमा तीन विकेट गुमाएको थियो ।
खेल जितेमा नेपाल तेस्रो हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा