शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डमा ज्वालामुखी बिस्फोटः सय बढी फसेको आशंका

सोमबार, २३ मङ्सिर २०७६, १० : १३
सोमबार, २३ मङ्सिर २०७६

न्यूजिल्याण्डमा एक ज्वालामुखी बिस्फोट भएको छ । सो स्थानमा सय बढी मानिस फसेको हुनसक्ने आशंका गरिएको बीबीसीले बताएको छ ।

ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट भएको हो । आइल्याण्डमा जब ज्वालामुखी बिस्फोट भयो तब थुप्रै पर्यटक त्यहाँ भएको बताइन्छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले उक्त दुर्घटनाको जानकारी दिँदै उक्त स्थानमा कतिजना फसेको भन्नेबारे सही जानकारी नभएको बताएकी छिन् ।

स्थानीय मेयरका अनुसार उक्त दुर्घटनामा थुप्रै व्यक्ति घाइते भएको आशंका छ ।

ह्वाइट आइल्याण्डमा देशको सबैभन्दा सक्रिय ज्वालामुखी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप