शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा वल्र्डकबको सफलताको सिखर पुरस्कारबाट नर्भिक सम्मानित

आइतबार, २२ मङ्सिर २०७६, १९ : २८
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटललाई हालै मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वल्र्ड कन्फडेरेसन अफ बिजिनेसेसद्वारा सफलताको सिखर प्रदान गरिएको छ । 

उक्त सम्मान मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोहका वीच नर्भिकलाई प्रदान गरिएको हो । उक्त सम्मान केवल वल्र्डकबका विगतका समारोहहरुमा अर्थात् द विज सम्मान समारोहमा सम्मानित र पुरस्कृत भएका संघ संस्था जो विगतको सम्मान पश्चात् पनि आफ्नो उत्कृष्टता कायमै राख्न सफल हुन्छन्, तिनलाई मात्रै प्राप्त हुनेगर्दछ ।

उक्त समारोहमा नर्भिकलाई वल्र्डकब परिवारको प्लेटिनम मेम्वर समेत प्रदान गरियो । वल्र्डकबले नर्भिकलाई आगामी दिनहरुमा यसका सेवाका स्तरलाई उकास्न भरमग्दुर र निरन्तर प्रयास गर्ने प्रतिबद्धता समेत दोहो¥याएको छ । नवीनतम् प्रविधिका क्षेत्रमा नर्भिकलाई सहयोग गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित पार्न हर–सम्भव उपायहरुको अवलम्बन गरिने समेत बताएको छ । 

उपरोक्त पुरस्कार/सम्मानका अलावा नर्भिकलाई स्वास्थ्य सेवामा विश्व व्यवसायिक नेतृत्व नामक सम्मानका साथ यसलाई ठूलो प्रेरणादायी संस्थाकारुपमा समेत सम्मान गरिएको थियो । वल्र्डकबका तर्पmबाट मलेसियका लागि नेपालका राजदूत उदयराज पाण्डेले एक विशेष समारोह वीच उपरोक्त पुरस्कार तथा सम्मानहरु नर्भिकका पदाधिकारीहरुलाई अर्पण गरेका थिए । 

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले नेपाली स्वास्थ्य सेवाका फाँटलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न खेलेकी प्रभावकारी एवम् नेतृत्वदायी भूमिकावापत उनलाई वल्र्ड लिडर बिजिनेस पर्सन सम्मानद्वारा पुरस्कृत गरिएको थियो ।

आफ्नो संस्थामा नवीनतम्, सुविज्ञ र व्यवस्थित वातावरणको सिर्जना गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई उकास्न मद्दत पु¥याएवापत उनलाई सो पुरस्कारले सम्मान गरेको वल्र्डकबले जनाएको छ । सो अवसरमा नर्भिकका पदाधिकारीहरुका साथ कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहलाई पनि व्यवसायिक नेतृत्वमा सर्वोत्कृष्ट विषयक सम्मान प्रदान गरिएको थियो । 

वल्र्डकबले आ–आफ्ना क्षेत्रमा विश्वव्यापी ख्याति प्राप्त गरेका र नेतृत्वदायी भूमिका खेलेका कम्पनी तथा व्यक्तित्वहरुलाई सम्मानित र पुरस्कृत गर्ने गर्दछ । सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वल्र्डकबको मुख्य उद्देश्य नै बिश्ववयापीरुपमा मूल्य र मान्यतामा आधारीत व्यवसायहरुको प्रबद्र्धन गर्नु, तिनको पहिचान, सम्मान एवम् अगुवा व्यवसाय तथा व्यवसायिक व्यक्तित्वहरुको साख अभिवृद्धिमा सहयोग पु¥याउनु रहेको छ ।

विश्वका १३० भन्दा बढी राष्ट्रहरुमा दि वल्र्डकबका ३,००० भन्दा बढी सदस्य प्रतिष्ठानहरुको सञ्जाल रहेको छ । यो सम्मानले व्यवसायको नैतिक अभ्यासलाई प्रवद्र्धन गर्दै अनुकरणीय एवम् अनुसरणीय व्यवसायिक उदाहरणहरु स्थापित गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा तत्सम्बन्धित व्यवसायहरुले निर्धारित मापदण्डलाई अनुसरण गरुन भन्ने अभिप्राय राख्दछ । 

वल्र्डकबद्वारा जारी सूचनाअनुसार स्थापित मापदण्डमा आधारीत छनौट मापदण्डहरु जस्तैः व्यवसायिक अगुवाई, सेवाको गुणस्तर, प्रभावकारी तथा गुणस्तरीय व्यवस्थापन प्रणाली, अभिनव र रचनात्मकता, संस्थागत सामाजिक उत्तरदायित्व, समृद्ध इतिहास, उत्कृष्ट चिकित्सा नैतिकताको अवलम्बन, विरामी सुरक्षा, हस्पिटलजन्य सङ्क्रमणको नियन्त्रण लगायत रोग रोकथाम, निदान, औषधोपचार एवम् उपचारका क्षेत्रमा हस्पिटलले हासिल गरेको उत्कष्ट नतिजा रहेका थिए । 

स्वास्थ्य सेवा जस्तो जटिल क्षेत्रमा उत्कृष्टता हासिल गरेकोमा दि वल्र्डकबले नर्भिक व्यवस्थापनलाई बधाई दिंदै भविष्यमा उत्कृष्टताको सगरमाथा चुमोस् भन्ने कामना समेत गरेको छ । उत्कृष्ट स्वास्थ्य सेवाको रजत महोत्सव मनाइसकेको नर्भिकले नेपाली निजी क्षेत्रका हस्पिटलमध्ये सर्वप्रथम “ग्लोवल ग्रिन एण्ड हेल्दी हस्पिटल्स”, अमेरिकाको सदस्यता प्राप्त गरेको थियो । 

नेपालमै सर्वप्रथम आइ.एस.ओ. प्रमाणीकरण र उत्कृष्ट प्रयोगशाला सेवाका लागि एनएबीएल प्रमाणिकरण पाउने नर्भिकले यसपूर्व युरोप बिजिनेश एसेम्बेली, बेलायतबाट उत्कृष्ट क्षेत्रीय हस्पिटल, नेपालको उत्कृष्ट इम्प्लोयर ब्राण्ड र जर्मनीको बर्लिनमा अन्तर्राष्ट्रिय क्वालिटी च्वाइस प्राइज जस्ता सम्मान/पुरस्कारहरु प्राप्त गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप