बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साग पुरुष फुटबल : नेपाल फाइनलमा प्रवेश

आइतबार, २२ मङ्सिर २०७६, १९ : ०४
आइतबार, २२ मङ्सिर २०७६


काठमाडौं । नेपाल १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालको जितका लागि खेलको ११ औं मिनेटमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो।  सुनिलले कप्तान सुजल श्रेष्ठको पासमा ६ यार्डबाट गोल गरेका थिए ।

जितसँगै नेपाल शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलमा १० अंक जोड्यो छ। अब नेपालले फाइनलमा स्वर्ण पदकका लागि भुटानसँग आगामी मंगलबार खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप