शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कागजी मानव अधिकार मात्र छ : अध्यक्ष शर्मा

आइतबार, २२ मङ्सिर २०७६, १८ : ५५
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा कागजी मानव अधिकार मात्र रहेको बताएका छन् । ११ औं मानव अधिकार राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नयाँ संविधान बने पनि काम कागजमा सिमित भएको बताए । 

नयाँ संविधान अनुकुल बनेका नयाँ कानुनमा मानव अधिकारका धेरै सकारात्मक बिषय भए पनि कार्यान्वयन पक्ष फितलो रहेको बताए । अध्यक्षले भने, ‘दण्डहीनता बढेको छ, महिला माथिको हिंशा बढेको छ, प्रहरीको तथ्यांक भन्छ अपराध बढेको छ यसले के देखाऊछ भने सरकार अपराध नियन्त्रण गर्न असफलता उन्मुख छ ।,’ 

अध्यक्ष शर्माले देश संघीय संरचनामा गए पनि, सरकार एकात्मक नै रहेको बताए । सरकारको प्रतिबद्धता, नयाँ संविधान र कानुन बलियो हँुदा पनि अवस्थामा परिवर्तन नहुँदा नेपालको मानव अधिकार कागजमामात्र भएको बताए । 

‘हामीले संघात्मक स्वरुप त ल्यायौ तर हाम्रो मन बचन कर्म एकात्मक छ । त्यसमा केही परिवर्तन भएको छैन । महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । महिला हिंसा केही पनि घटेको छैन । महिला बेच बिखन पनि घटेको छैन । के मा गर्व गर्ने भन्दा कागजी मानव अधिकार बृहत्तर रुपमा अगाडि बढेको छ ।’

कार्यक्रममा मानव अधिकारकर्मी चरण प्रसाईले संक्रमणकालिन न्याय टुंगोमा पुर्याउन सरकार र राजनैतिक दल नै अनिच्छुक रहेको आरोप लगाउनु भएको छ। सरकार सर्वोच्च अदालतले गरेको आदेश मान्न पनि तयार नभएको आरोप लगाए ।

भेलामा  मानव अधिकारमा काम गर्ने विभिन्न गैर सरकारी संस्थाहरुको सहभागिता रहेको छ । देश भरिबाट भेला भएका मानव अधिकार कर्मिहरुले देशमा मानव अधिकार, शान्ति र लोकतन्त्रको अवस्थाको बारेमा अन्तरक्रिया गर्दै काठमाण्डौ घोषणा पत्र जारी गर्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप