शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिंसा अन्त्यका लागि महिलालाई सशक्त बनाउनुपर्छ: उपप्रधानमन्त्री पोख्रेल

आइतबार, २२ मङ्सिर २०७६, १७ : ३४
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले हिंसा अन्त्यका लागि महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा शसक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्र्दभमा आईतबार राजधानीमा गरेको प्रदेशस्तरीय अभियानलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा शसक्त नबनाएसम्म महिलामाथिको हिंसा अन्त्य नहुने बताएका हुन् ।

सरकारको अवाला सरोकारवाला सबै संघ संस्था र नागरिक तहबाट निरन्तर लैङ्गिक हिंसा अन्त्यका लागि प्रयास गरिनुपर्ने र ती प्रयासहरु समानता प्रति लक्षित हुनुपर्नेमा उनले जोड दिए । सबै क्षेत्रमा महिलाले समान हैसियत बनाएपछि हिंसा अन्त्य सहज हुने भन्दै उनले समानता बिना लैङ्गिक हिंसा अन्त्यको अभियान सार्थक नहुने बताए ।

उनले लैङ्गिक हिंसा सामाजिक अपराध हो भन्ने बुझनु र बुझाउनु जरुरी रहेको बताए । लैङ्गिक हिंसालाई व्यक्तिगत मुद्दा भन्दै ढाकछोप गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याएर दण्डनिय बाउनुपर्नेमा उनले जोड दिए ।
हिंसा अन्त्य गर्दै समानता सहितको समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकाँक्षा पुरा गर्ने अभियानमा जुट्न उनले सबैलाई आव्हान समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप