बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविका परीक्षार्थीसँग पैसा लिएर नम्बर फेरबदल गर्ने फन्दामा, विशेष अदालतमा मुद्दा

आइतबार, २२ मङ्सिर २०७६, १६ : ५८
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका दुई परीक्षार्थीसँग रकम लिइ परीक्षाका उत्तरपुस्तिकाको प्राप्तङ्क फेरबदल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

त्रिविका लेखा अधिकृत कमलप्रसाद दाहाल र त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । 
त्रियुगा जनता बहुमुखी क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी दाहाल र चौधरीले नम्बर तलमाथि गरेको पाइएको अख्तियारको भनाइ छ । 

अख्तियारले जानुका र हिराविरुद्ध पनि मुद्दा दायर गरेकाे छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप