बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महिला ह्याण्डबलमा बङ्गलादेशलाई कास्य

आइतबार, २२ मङ्सिर २०७६, १६ : ४६
आइतबार, २२ मङ्सिर २०७६

कास्की । तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बङ्गलादेशले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज बिहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तानमाथि ३१–१५ गोलको नतिजा निकाल्दै बङ्गलादेशले कास्य पदक जितेको हो ।  

भारतको गुहावटीमा भएको १२ औंँ सागको उपविजेता बङ्गलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । बाह्रौँ सागमा पाकिस्तान कास्य पदक विजेता हो ।  पहिलो हाफमा १७–५ ले अगाडि रहेको बङ्गलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो ।

बङ्गलादेशका लागि मोसम्मत रुबिना वेगमले सर्वाधिक नौ गोलको योगदान दिए । त्यसपछि  अल्पोना अख्तरले टोलीका लागि ६ गोल थपिन्  । खाडिजा खातुन र सुमी वेगमले पाँच पाँच गोलको योगदान गरे । शिल्पी अख्तरले चार गोल जोडे । खालेदा सुल्तानाले दुई गोल थपिन्  ।

 पाकिस्तानका लागि नुसरत बानोले सर्वाधिक पाँच गोल गरिन् । खालिदा रमजानले टोलीका लागि चार गोलको योगदान गरिन् । आस्मा आल्ताफ र साइका रियाजले दुई दुई गोल जोडे । साडिया बासिर र नाजिस मक्सुदले एक एक गोलको योगदान गरे।  बङ्गलादेशकी मोसम्मत वेगमले पहेंलो कार्ड पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप