शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा टिप्पर दुर्घटना, सहचालकको मृत्यु

आइतबार, २२ मङ्सिर २०७६, १६ : ३१
आइतबार, २२ मङ्सिर २०७६

बुटवल । पाल्पाको निस्दी गाउँपालिका ३ धार्केसिङ्गमा टिपर दुर्घटना हुँदा सहचालकको घटानास्थलमै ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार नवलपरासीको अरुणखोलाबाट इँटा लोड गरी निस्दीको काउले वनतर्फ आउदै गरेको प्रदेश न.३०–१–००–३ क ४४५६ न. को टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा सहचालक जाजरकोट साविक खालारहिका गाविस ८ का २३ वर्षका टेकबहादुर बुढा मगरको ज्यान गएको हो ।  टिपर चालक सुर्खेत शिवालय गाउँपालिका का ३८ वर्षका दिलबहादुर थापा गम्भीर छन् । उनको  लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । स्टेरिङ फेल भएर सो दुर्घटना भएको हो । टिपर सडकदेखि १ सय २० मिटर तल खसेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप