शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तिनकुनेबाट विप्लव समूहका मेचीनगर इन्चार्ज पक्राउ

आइतबार, २२ मङ्सिर २०७६, १५ : १५
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मेचीनगर इन्चार्ज यामबहादुर गिरीलाई पक्राउ गरेको छ । गिरीलाई मंसिर २० गते बेलुका काठमाडौंको तिनकुनेबाट प्रहरीले पक्राउ गरेको हो ।

झापाको शिवसताक्षी निवासी ३७ वर्षीय गिरीमाथि झापाकै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन गराई क्षति पुर्याएको आरोपमा मुद्धा चलाउन तयारी गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप