शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तनावग्रस्त कोहलपुरः  कर्फ्यु लगाउने तयारी

आइतबार, २२ मङ्सिर २०७६, १५ : ००
आइतबार, २२ मङ्सिर २०७६

बाँके। ट्रकको ठक्करबाट स्कुले  बालिकाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्ला प्रशासनले कोहलपुर क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको छ।  ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि स्थानीयवासीले ट्रकमा आगजनी गरेका थिए । 

झडपमा परि  ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप ७ जना प्रहरी पनि घाइते भएका छन् । घाईते हुने प्रहरीहरुमा अमर खड्का, रविन्द्र शर्मा,होमबहादुर खत्री, रष्मी पुन मगर, लक्ष्मीप्रशाद आचार्य, खुमबहादुर विष्ट र धनबहादुर विक रहेका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरुलाई काठमाडौ लैजाने तयारी भैरहेको छ ।

सो घटनामा अरु ३ जना घाइते भएका छन् । प्रहरीले रवरको गोली चलाएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्वीकार गरेका छन् । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान स्थानीय हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप