शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अत्यन्त महत्त्वपूर्ण’ परीक्षण सञ्चालन गरेको उत्तर कोरियाको दावी

आइतबार, २२ मङ्सिर २०७६, १३ : २७
आइतबार, २२ मङ्सिर २०७६

एजेन्सी । उत्तर कोरियाको सरकारी संचार माध्यमले शनिबार ‘देशको सोहा भू–उपग्रहीय प्रक्षेपण केन्द्रबाट अन्त्यन्त महत्वपूर्ण परीक्षण’ सम्पन्न भएको जानकारी दियो । 

कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार परीक्षणबाट ‘अत्यन्त सफल परिणाम’ निस्किएको छ । यो ‘अत्यन्त महत्वपूर्ण’ परिणामले ‘निकट भविष्यमा उत्तर कोरियाको रणनीतिक अवस्था बदल्ने’ एजेन्सीले दावी गर्यो । 
तर के परीक्षण गरिएको हालसम्म खुलेको छैन । 

यही महिनाको सुरुमा, उत्तर कोरियाले अमेरिकालाई ‘क्रिसमस उपहार’ पठाउने चेतावनी दिएको थियो । उपहार के हुन्छ, स्पष्ट नगरिएको भए पनि त्यो कुरा वासिङ्टन र प्योङयाङबीच जारी वार्तामा निर्भर हुने बताइएको थियो । 

सन् २०१७ मा उत्तर कोरियाले अन्तर–महादेशिय ब्यालेष्टिक मिसाइलको पहिलो परिक्षण प्रक्षेपण सम्पन्न गर्दा त्यसलाई अमेरिकाको लागि ‘उपहार’ बताएको थियो । 

उक्त परीक्षणले दुई देशबीच महिनौं लामो तनाव सुरु गराएको थियो । 

शनिबार नै संयुक्त राष्ट्र संघका लागि उत्तर कोरियाली राजदूतले अमेरिकासँगको वार्तामा आणविक निशस्त्रीकरणबारे अब वहस नहुने बताए । 

उत्तर कोरियाली पक्षले अमेरिकाको वार्ता प्रयासलाई ‘घरेलू राजनीतिक एजेण्डा’मा फाइदा लिनको लागि ‘समय बचाउने खेल’को आरोप लगाएको छ । 

‘हामीलाई अब अमेरिकासँग लामो वार्ता गरिरहनु पर्ने आवश्यकता छैन । आणविक निशस्त्रीकरण वार्ताको टेबलबाट हटिसक्यो ,’ राजदूत किम सोङले एक वक्तव्यमा भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप