१९७४ एडीको ‘माया बिसाउने’ को भिडियो सार्वजनिक
आइतबार, २२ मङ्सिर २०७६, १२ : ५०
नेपालमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल ब्यान्ड १९७४ एडीको ‘माया बिसाउने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
ब्यान्डको नयाँ एल्बम ‘निरन्तरता’ मा समावेश यो गीतको भोकल, कम्पोजिसन, लिरिक्स ब्यान्डका मुख्य गायकमध्येका एक फिरोज स्याङ्देनको रहेको छ । गीतमा निराकर याकथुम्बाको बेस, एड्रियन प्रधानको भोकल, ड्रम र ब्लूज हार्प रहेको छ । यसका साथै मनोज कुमार केसीले गितार र किबोर्डमार्फत् संगीत भरेका छन् भने सञ्जय श्रेष्ठको पर्कसन र ब्याक भोकल रहेको छ ।
गीतको रेकर्ड काठमाडौं ज्याज कन्जर्भेटरी क्याटज्याज रेकर्डस्मा भएको हो । यसलाई मनोज कुमार केसी र मंजिल विक्रम केसीले रेकर्ड गरेका हुन् ।
एल्बम सार्वजनिक भएलगत्तै यो गीतलाई धेरैले रुचाइरहेका छन् । गीतको भिडियो प्रतिक्षा गरिरहेकाहरु निकै उत्साहित भएका छन् । यसमा निकै राम्रा कमेन्टको वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा