शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले अमेरिकासँगको कुराकानी रद्द गर्‍यो, केही घण्टापछि नै ‘निकै महत्वपूर्ण परीक्षण’

आइतबार, २२ मङ्सिर २०७६, १२ : ०९
आइतबार, २२ मङ्सिर २०७६

उत्तर कोरियाले अमेरिकासँग परमाणु अप्रसार सन्धिबारेको कुराकानी रद्द गरेका छन् । अमेरिका आफ्नो घरेलु राजनीतिक नीति नियम बनाउन व्यस्त छन् त्यसकारण कुराकानीको बहाना गर्दै उसले समय बचाउने खेल खेलिरहेको उत्तर कोरियाले आरोप लगाएको छ ।

राजदूत किम सोंगले अब अमेरिकासँगको लामो कुराकानी आवश्यकता नभएको र अब सम्झौताको मौका गुमिसकेको बताएका छन् ।

उत्तर कोरियाको केसीएनए न्यूज एजेन्सीले सोंगको बयानको केही समयपछि सेटलाइट लञ्च साइटबाट ‘निकै महत्वपूर्ण परीक्षण’ गरिएको घोषणा गरेको छ । उक्त परीक्षण कस्तो प्रकारको थियो भनेर अहिलेसम्म स्पष्ट हुन सकेको छैन । यद्यपि, उत्तर कोरियाले भने यसले देशको कूटनीतिक स्थिती परिवर्तन हुने बताएको छ ।

रिपोर्टका अनुसार जुन स्थानमा परीक्षण गरियो, त्यो सोहाए सेटलाइट लञ्च साइट हो । उत्तर कोरियाले यहाँबाट थुप्रै पटक मिसाइल इन्जिनको परीक्षण र रकेट प्रक्षेपण गरिसकेको छ । दक्षिण कोरियाले पनि उक्त परीक्षणको अहिलेसम्म केही पनि जानकारी दिएको छैन ।

साधारणतया दक्षिण कोरियाको सिस्टममा उत्तर कोरियाको तर्फबाट मिसाइल लञ्च भएपछि नै अलर्ट जारी हुन्छ ।

मेरो किम जोंग–उनसँग राम्रो सम्बन्ध छ, यथास्थिती कायम  हुनुपर्छः ट्रम्प

उत्तर कोरियाले प्रस्ताव रद्द गर्ने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि किम जोंग–उनको प्रशासनले कुनै प्रकारको दुश्मनीको व्यवहार गर्छ भने आफूलाई यसले आश्चर्यमा पार्ने बताएका छन् । पत्रकारले उत्तर कोरियालाई सम्झौताका लागि कसरी मनाउनुहुन्छ भन्ने प्रश्न सोध्दा उनले भने, ‘मेरो किम जोंग–उनसँग राम्रो सम्बन्ध छ । मलाई लाग्छ कि हामी दुईले यथास्थिती कायम गर्नुपर्छ । उनलाई थाहा छ कि अमेरिकामा चुनाव छ । मलाई लाग्दैन कि उनी यसमा दखल दिनेछन् । तर हामीले भविष्य हेर्नुपर्छ ।’

अमेरिकाको घर पालुवा कुकुर हुन् युरोप देशः उत्तर कोरिया

हालै, ६ युरोपेली देश – फ्रान्स, जर्मनी, ब्रिटेन, बेल्जियम, पोल्याण्ड र एस्टोनियाले ब्यालेस्टिक मिसाइल परीक्षणका लागि उत्तर कोरियामाथि निशाना साँधेको थियो । त्यसपछि किम जोंग–उनले रिसाउँदै यी देशलाई अमेरिकाको घर पालुवा कुकुर बताएका थिए । उत्तर कोरियाका उप विदेशमन्त्री चोए सोन हुईले ट्रम्पको बेइज्जती गर्न जारी राख्नेसमेत बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप