बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’बाट सम्मानित

आइतबार, २२ मङ्सिर २०७६, १२ : ०१
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं– राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरेको छ । नबिल बैंकले नास्टमा आयोजिता गरेको पुरस्कार वितरण समारोहमा शिक्षा मन्त्री तथा नास्टका सहकुलपति गिरीराजमणि पोखरेलले सम्मानित चारजना अनुसन्धानकर्ताहरुलाई पुरस्कार वितरण गरेका छन् ।

सम्मानित चारजना अनुसन्धानकर्ताहरु प्रा.डा. परशुराम मिश्र, प्रा.डा. विद्या श्रेष्ठ, डा. श्याम प्रसाद डुम्रे तथा डा. प्रतिभा पाण्डेलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको छ ।

कार्यक्रमपश्चात पुरस्कृत विज्ञहरुसंगको भेटमा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड््यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरि यस क्षेत्रको विकासमा योगदान पुर्याउनु भएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गर्नुभएकोमा आभार प्रकट गरे । उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था एक लाख २५ हजार रहेको छ । 

नास्टको उक्त समारोहमा जम्मा २६ अनुसन्धानकर्ताहरुलाई विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतिहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठीत पुरस्कार मानिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप