शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उन्नाव बलात्कार पीडितको मृत्युपछि उत्तर प्रदेशका अखिलेश धर्नामा,  योगीको राजीनामा माग

आइतबार, २२ मङ्सिर २०७६, ११ : ५७
आइतबार, २२ मङ्सिर २०७६

एजेन्सी । उत्तर प्रदेशको उन्नाव जिल्लामा बलात्कार पछि जिउदैं जलाइएकी एक युवतीको शुक्रबार मृत्यु भयो ।

युवतीको मृत्युपछि राज्यका विपक्षी दलहरुले योगी आदित्यनाथको सरकारमाथि अपराधीलाई शरण दिएको आरोप लगाएका छन् । उनीहरुले योगीको राजीनामा मागेका छन् ।

घटनापछि राज्यका विपक्षी दलहरु कंग्रेस, समाजवादी पार्टी(सपा), बहुजन समाज पार्टी(बसपा) समेत कयैन दलले प्रदेशको कानून व्यवस्थामाथि चिन्ता व्यक्त गरेका छन् ।

पीडित युवतीको मृत्युपछि कंग्रेसकी महासचिव प्रियङ्का गान्धीले पीडितको परिवारसँग भेटघाट गरिन् । भेटघाटपछि उनले भनिन्, ‘मुख्यमन्त्री भन्छन् राज्यमा अपराधीका लागि कुनै स्थान छैन । तर राज्यको अवस्था हेर्नुस् कस्तो छ । खासमा यो राज्यमा महिलाहरुको लागि कुनै स्थान छैन । ’

‘पीडितको सम्पूर्ण परिवार अघिल्लो वर्षदेखि लगातार प्रताडित गरिँदैछ । मैले सुने अनुसार दोषीहरुको भाजपासँग सम्बन्ध छ । यसैले उनको बचाउ गरिदैंछ । राज्यमा अपराधिहरुलाई कुनै डर छैन,’ प्रियङ्काले भनिन् ।

पीडितको परिवारसँग भेटघाट अघि प्रियन्काले ट्वीट गर्दै भनेकी थिइन् ,‘ शोक शन्तप्त परिवारलाई यो दुखको घडीमा आफूलाई सम्हाल्ने शक्ति प्राप्त होस् भनेर इश्वरसँग प्रथना गर्छु । उनलाई न्याय दिन नसक्नु हामीहरु सबैको असफलता हो । समाजिक रुपमा हामीहरु सबै दोषी हौं । तर यो घटनाले उत्तर प्रदेशको खाक्रो भइसकेको कानून व्यवस्थालाई पनि देखाउँछ ।’

‘उन्नावमा पछिल्लो घटनालाई ध्यानमा राखेर सरकारले पीडितलाई तत्काल सुरक्षा किन दिएन ? जुन अधिकारीले घटनाको मुद्दा दर्ता गर्न अस्वीकार ग¥यो, उमाथि के कारबाही भयो ? उत्तर प्रदेशमा दैनिक महिलामाथि जुन अत्याचार भइरहेको छ, त्यसलाई रोक्नको लागि सरकार के गरिरहेका छ ?’ प्रियन्काले आक्रोस पोखेकी छिन् ।

यसबीच समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव प्रदेशको विधानसभा भवनको मुख्यद्वार अघि शनिबार धर्नामा बसे ।

संचार–माध्यमसँगको कुराकानीको दौरान उनले यो घटनाको लागि राज्यको आदित्यनाथ सरकारलाई जिम्मेवार ठहराए । उनले उत्तर प्रदेशका मुख्य–मन्त्री, प्रदेशका गृह सचिव र डीजीपीले राजिनामा नदिएसम्म न्याय नहुने बताए ।

सपा अध्यक्ष यादवले यस घटनाविरुद्ध आइतबार प्रदेशका सबै जिल्लाका पार्टी मुख्यालयमा शोक सभाको आयोजना गर्ने घोषणा गरे ।

बसपाका प्रमुख मायावतीले पीडितको मृत्युपछि कडा प्रतिक्रिया दिदैं ट्वीट गरे ,‘ जो बलात्कार पीडितलाई जलाएर मार्ने कोसिस गरियो, उनको मृत्यु हुन अति–कष्टदायक कुरा हो । यो दुःखको घडीमा बसपा पीडित परिवारको साथमा छ । उत्तर प्रदेश सरकार पीडित परिवारको समुचित न्याय दिलाउनको लागि विशेष पहल गरोस् । यही जनताको माग छ ।’

एक ट्वीटमा मायावतीले भनिन्, ‘साथमा, यस्तो खालको दर्दनाक घटनालाई उत्तर प्रदेशसहित सम्पूर्ण देशमा रोक्नको लागि राज्य सरकारले मानिसहरुमा कानुनको डर उत्पन्न गराउन सक्नुपर्छ । केन्द्र सरकारले पनि यस्तो घटनालाई मध्यनजर राख्दै दोषीहरुलाई निर्धारित समयभित्र फाँसीको कडा सजायँ दिलाउने कानुन जरुर बनाउनुपर्छ ।’

यस सम्बन्धमा मायावतीले उत्तर प्रदेशको राज्यपाल आनन्दीबेन पटेलसँग भेटघाट गरे । भेटघाटपछि उनले भनिन्, ‘उत्तर प्रदेशमा अपराधीहरुमा कानूनको कुनै डर देखिदैन । जताततै बलात्कारका घटनाहरु भइरहेको छ ।’

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै मुद्दालाई फास्ट–ट्रयाक अदालतमार्फत अघि बढाएर अपराधीलाई कडा सजायँ दिलाउने बताए ।

बिहिबार उन्नाव जिल्लाको बिहार थाना क्षेत्रमा बलात्कार पीडितलाई बलात्कारका आरोपीहरु सहित पाँच व्यक्तिले आगो लगाएका थिए ।

करिब ९० प्रतिशत जलेको अवस्थामा दिल्लीको अस्पताल लगिएकोमा शुक्रबार युवतीको मृत्यु भएको थियो ।

द वायरबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप