शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमतिपुलमा आँखामा खुर्सानी हानेर सिक्री लुट्ने पक्राउ

आइतबार, ०४ भदौ २०७४, १४ : २७
आइतबार, ०४ भदौ २०७४

काठमाडौं । काठमाडौको शान्तिनगरस्थित बाग्मती पुलमाथि सडकमा पैदलयात्रीको सिक्री लुटेर भाग्ने एक जना पक्राउ परेका छन् । 

लुटपाट गर्ने भक्तपुर ठिमी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–४ का ३३ वर्षीय दिपक हमाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

सडकमा हिँडिरहेकी काठमाडौ सुविधानगर बस्ने कैलालीको हसनपुर–८ की ३१ वर्षीया रोशनी अवस्थीलाई आँखामा खुर्सानीको धुलो हाली हमालले घाँटीमा लगाएको करीव १.५ तोलाको सुनको सिक्री लुटी भागेका थिए । 

उनी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त वानेश्वरको प्रहरीले हमाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप