शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्कूल ब्याग बनाउने कारखानामा भीषण आगलागीः मृतकको संख्या ४३ पुग्यो

आइतबार, २२ मङ्सिर २०७६, १० : ३५
आइतबार, २२ मङ्सिर २०७६

भारतको रानी झाँसी रोड इलाकामा अनाज मन्डीस्थित स्कूल ब्याग बनाउने कारखानामा आइतबार बिहान पाँच बजेर २२ मिनेटमा भीषण आगलागी हुँदा ४३ जनाको ज्यान गएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० जना बढीलाई बाहिर निकालिएको जानकारी दिए ।

रिपोर्टका अनुसार आवासीय क्षेत्रमा बनाइएको कारखानाभित्र ५९ जनाको उपस्थिती थियो जसमा अधिकांश मजदुर थिए । धेरैजसोको मृत्यु निस्सासिएका कारण भएको हो ।

कारखानामा १२–१५ मसिन राखिएका थिएः स्थानीय व्यक्ति

एक व्यक्तिले आफ्नो भतिजो त्यही कारखानामा काम गर्ने बताउँदै उनीबारे केही जानकारी नभएको बताएका छन् । कारखानाभित्र १२ देखि १५ वटा मसिन राखिएको बताइएको छ । उक्त कारखानामा स्कूल ब्याग, बोतल र अन्य सामग्री राखिएको बताइएको छ ।

डाक्टरको समूहले घाइतेको उपचार  गरिरहेको छः

दमकल विभागका अनुसार आगो आइतबार बिहान ५ बजेर २२ मिनेटमा लागेको हो । ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थलमा उपस्थित छ । यस्तै, लोकनायक अस्पतालका डाक्टर किशोर कुमारले अहिलेसम्म १४ जनाको शव भेटिएको र डाक्टरको समूहले लगातार घाइतेको उपचार गरिरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप