शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेयमार र एमबाप्पेको गोलमा पीएसजीको पुनरागमन

आइतबार, २२ मङ्सिर २०७६, १० : ००
आइतबार, २२ मङ्सिर २०७६

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा मोन्टपिलरमाथि शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरलाई उसैको मैदानमा ३–१ गोलले हरायो । पीएसजीले पुनरागमन गर्दै जित निकालेको हो ।

मोन्टपिलरले ४१औँ मिनेटमा पीएसजीका लिन्द्रो पारेडेसलेको आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो । ७२ औँ मिनेटमा पेड्रो मेन्डेस रातो कार्ड पाउँदै बाहिरिएपछि मोन्टपिलर १० खेलाडीमा समेटियो ।

त्यसपछि चम्किएको पीएसजीले ७४औँ मिनेटमा बराबरी गोल फर्कायो । पीएसजीका लागि नेयमारले बराबरी गोल गरे । ७६औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अगाडी बढाए । ८१औँ मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई जीत दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले १६ खेलबाट ३९ अङ्क बनाएको छ । २४ अङ्क बनाएको मोन्टपिलर आठौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप