बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युभेन्ट्सको अपराजित यात्रामा पूर्णविराम

आइतबार, २२ मङ्सिर २०७६, ०९ : २४
आइतबार, २२ मङ्सिर २०७६

एजेन्सी । इटालियन सिरि ‘ए’ लिगको साविक विजेता युभेन्ट्सको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स लाजियोसँग ३–१ गोलले पराजित भयो । लाजियोको मैदानमा भएको खेलमा सुरुवाती अग्रता युभेन्ट्सले लिएको थियो ।

क्रिस्टियानो रोनाल्डोले २५ औँ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर युभेन्टेसको उक्त अग्रतालाई लाजियोले पहिलो हाफको इन्जुरी समयमा तोडेको थियो । लाजियोका रामोस मार्चीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७४औँ मिनेटमा मिलिन्कोविच साविकले गोलगर्दै लाजियोलाई अगाडी बढाए । दोस्रो हाफको इन्जुरी समयमा केईडोले गोल गर्दै लाजियोलाई सजिलै जिताए ।

यसअघि ६९औँ मिनेटमा हुवान क्वाड्राडो रातो पाउँदै मैदानबाट बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो । त्यसपछि लगातार दबाब झेलेको युभेन्ट्स अन्ततः हारनै खेप्यो ।

जितसँगै १५ खेलबाट ३३ अंक बनाएको लाजियो तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको युभेन्ट्सको ३६ अंक छ । शीर्ष स्थानमा रहेको इन्टर मिलानको ३८ अंक छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा इन्टर रोमासँग गोलरहित बराबरीमा रोकिएको थियो । बराबरीसँगै २९ अंक बनाएको रोमा चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप