शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सागमा आज १५ खेल हुँदै

आइतबार, २२ मङ्सिर २०७६, ०८ : १९
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौैँ दिन आज आइतबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्ती खेलमा प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुँदैछ । जनकपुरमा कुस्ती र बाँकी खेल काठमाडौँमा हुनेछ ।

मुख्य आकर्षणको रुपमा रहेको नेपाल र बङ्गलादेशबीको पुरुष फुटबल साँझ ५ः०० बजे दशरथ रंगशालामा हुँदैछ । फाइनलमा पुग्न नेपाललाई बङ्गलादेशलाई कम्तिमा बराबरीमा रोक्नुपर्ने चुनौती छ । सातौँ दिनसम्म नेपाल ४३ स्वर्णसहित पदक तालिकाको दोस्रो स्थानमा छ । भारत एक सय १९ स्वर्णसहित शीर्ष स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप