ऋचा शर्माले विवाहको तस्बिर पोष्ट गर्दै भनिन्, ‘यहाँहरुको अथाह माया अनि आशिर्वाद यसरी नै मिलोस्’
आइतबार, २२ मङ्सिर २०७६, ०८ : १३
अभिनेत्री ऋचा शर्माले शनिबार आफ्ना प्रेमीसँग विवाह बन्धनमा बाँधिएकी छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य विक्रम राणासँग उनको विवाह भएको हो । दिपेक्ष लबिम मलका म्यानेजर हुन् ।
उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति थियो ।
आफ्नो फेसबुक ह्यान्डलमार्फत् एक फोटो सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’
उनले तस्बिर सार्वजनिक गरेको एक घण्टा नबित्दै २ सय बढीले कमेन्ट गरेर बधाइ तथा शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी