शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बक्सिङ : तीन नेपाली महिला बक्सर फाइनलमा, पुरुषमा तीन काँस्य पक्का

आइतबार, २२ मङ्सिर २०७६, ०७ : ४९
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङतर्फ दोस्रो दिनको खेलपछि तीन नेपाली महिला बक्सर फाइनलमा प्रवेश गरेका छन् ।

योसंगै कुल चार नेपाली महिला बक्सरले स्वर्णका लागि भिडन्त तय गरेका छन् । ललितपुरको सातदोबाटोमा शनिवार भएको खेलमा नेपाली महिला खेलाडीहरु ललिता महर्जन, मिनु गुरुङ र संगीता सुनार फाइनलमा प्रवेश गरेका हुन् भने ६४ केजीका पूनम रावल यसअघि नै बाइ पाएर फाइनल पुगिसकेका छन् ।

महिला ४८ केजी तौल समूहको खेलमा ललिताले श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराउदै फाइनलमा स्थान सुरक्षित गरिन् । त्यस्तै महिला ५४ केजी तौल समूहको खेलमा मिनुले पनि बंगलादेशकी ओनिता ईस्लामलाई अंककै आधारमा पराजित गरिन् । यसैगरी ६० केजी तौल समूहको खेलमा संगीताले पनि श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंककै आधारमा हराउदंै भारतकी परबिनसँग स्वर्णका लागि भेट पक्का गरिन् । परबिन भने बाई पाएर सोझै फाईनल प्रवेश गरेकी हुन् ।

पुरुष ४९ केजी तौल समूहको खेलमा भने नेपालका सुशील थापामगर भारतका बिनोद तनवरसँग अंकको आधारमा पराजित भयो । हारसँगै सुशील काँस्य पदकमा सिमित बने । यसैगरी ५६ केजी तौल समूहमा पनि नेपालका पूरन राई पराजित हुदै काँस्यमा सिमित बन्यो । यसअघि बाइ पाएर सोझै सेमिफाइनल पुगेका उनी बंगलादेशका मोहमद रोबिन मियासंग स्पिलिट डिसिजनको आधारमा पराजित भए । यस्तै ६४ केजी तौलको सेमिफाइनलमा नेपालका भूपेन्द« थापामगरले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउंदै फाइनलमा प्रवेश गरेका छन् । पुरुष ९१ केजीको भिडन्तमा भने नेपालका अर्जुन सिगु भारतका गौरव चौहानसंग पराजित हुदै काँस्यमा सिमित भए ।  

शनिवारै भएको अन्य खेलमा भारतकी कलाइभानी श्रीनिवासनले भूटानकी ल्हामो टान्डिनलाई हराउंदै फाइनलमा नेपालकी ललितासँग भिडन्त पक्का गरिन् । त्यस्तै महिला ५४ केजीमा भारतकी शिक्षाले श्रीलंकाकी सजीवनी मुथुथन्थ्री पटाबेन्डीगेलाई हराइन् । त्यस्तै पुरुष ४९ केजीमा भूटानका टासी वाङ्दीले बंगलादेशका मोहमद सोजिब होसेनलाई हराउंंदै फाइनलमा भारतका बिनोद तनवरसंग भेट पक्का गरेका छन् । पुरुष ५६ केजीको खेलमा भारतका सचिन फाइनलमा प्रवेश गरेका छन् । उनले पाकिस्तानमा नकिबुल्लाहलाई अंकको आधारमा हराए । यसैगरी ६४ केजीमा भारतका मनिष कौशिकले पनि श्रीलंकाका डिनिडु डु पोन्नविला भिदानालागे दनलाई पराजित गर्दै फाइनलमा नेपालका भूपेन्द« थापामगरसंग स्वर्णका लागि भिडन्त तय गरे । यसैगरी ७५ केजीको फाइनलका लागि भारतका अंकित खताना र श्रीलंकाका दिनेश मदुरंगा पाथिरागे दनले भिडन्त पक्का गरेका छन् ।

दोस्रो दिनको खेलपछि फाइनल पुग्ने नेपाली खेलाडीहरु ः

महिला तर्फः

ललिता महर्जन (४८ केजी), मिनु गुरुङ (५४ केजी ), संगीता सुनार (६० केजी), पूनम रावल (६४ केजी)

पुरुष तर्फः

आशिष दुवाडी (९१ केजी भन्दा माथि), भूपेन्द« थापामगर (६४ केजी)

काँस्य पक्का हुने खेलाडीहरु :

सुशील थापामगर, पूरन राई, अर्जुन सिगु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप