फेन्सिङ : स्वर्णबाट चुकिन् रविना
नेपालकी रविना थापा फेन्सिङमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेकी छन् । फेन्सिङको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरको फाइनलमा बंगलादेशकी मुजिब फतिमासँग १५–१० ले पराजित भएपछि रविनाले रजतमै चित्त बुझाइन् । उनले सेमिफाइनलमा नेपालकै अस्मिता बस्नेतलाई पराजित गर्दै उपाधि नजिक पुगेकी थिइन् । अस्मितासँगै भारतकी डायनादेवी थिङ्गुजामले कांस्यमा चित्त बुझाए ।
महिला इपीमा भने नेपाली खेलाडी सेमिफाइनलमै स्तब्ध बने । नेपालका जानुका स्याङ्तान र इन्दिरा पौडेल सेमिफाइनलमा भारतीय खेलाडीसँग पराजित भएपछि काँस्यमै चित्त बुझाउन बाध्य भए । यस स्पर्धामा भारतकी कवितादेवी थाउदामले स्वर्ण र शितल दलालले रजत जिते ।
पुरुषको व्यक्तिगत फ्वेलतर्फ भने भारतीय खेलाडीले दबदबा कायम राखे । भारतका विनोथकुमार भेलाउथामले स्वर्ण, राजेश्वर सिंहले रजत जिते । यस्तै श्रीलंकाका थारिदु मधुमल कन्दना र बंगलादेशका रुबेल मियाले काँस्य जिते ।
फेन्सिङमा आइतबारदेखि टिम इभेन्टका प्रतिस्पर्धा सुरु हुनेछ । फेन्सिङमा अहिलेसम्म भारतले पाँच र बंगलादेशले एक स्वर्ण जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ