शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोकमानको पालाका ‘गुप्तचर’ हरु अझै अख्तियारमा

आइतबार, २२ मङ्सिर २०७६, ०७ : ०३
आइतबार, २२ मङ्सिर २०७६

राष्ट्रिय अनुसन्धान विभाग मातहतका कार्यलयका सबै कर्मचारी दुई÷दुई वर्षको कार्यकाल सकी फिर्ता भइसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएका गुप्तचरहरु  अहिलेसम्म गएका छैनन् । उनीहरु अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीको पालादेखि अख्तियारमा डगमगाएर बसिरहेको बुझिएको छ ।

‘कर्मचारीलाई राहत होस् भन्दै तलबबाहेक अन्य सेवा सुविधा आउने कार्यालयमा ६/६ महिनामा फर्किने गरी कर्मचारी खटाउन गुप्चचरभित्र आचारसंहिता नै बनाइएको छ,’ स्रोतले भन्यो, ‘तर चिफ सापहरुसामु यस्ता आचारसंहिताको अनुगमन हुने कुरै भएन । यस्ता कार्यालयमा आफ्नालाई नै बढी जोड दिइन्छ ।’ 

आयोगमा भ्रष्टाचारविरुद्धको उजुरीमाथि हुने अनुसन्धानलाई सहयोग गर्न राष्ट्रिय अनुसन्धान विभागका विभिन्न तहका गुप्तचरहरु पठाउने चलन छ । यो समाचार नेपाल समाचारपत्रमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप