शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तेह्रौँ साग: अहिलेसम्म कुन देशले कति पदक जिते ? (पदक तालिकासहित)

शनिबार, २१ मङ्सिर २०७६, २२ : ५७
शनिबार, २१ मङ्सिर २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ ।  आज शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ । 

यस्तै श्रीलङ्का ३० स्वर्ण, ५४ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २१ स्वर्ण, २८ रजत र ३४ कास्यसहित चौथो, बङ्गलादेश सात स्वर्ण, २२ रजत र ५४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छन् । 

नेपालले आज म्याराथन र कुस्तीमा एकएक स्वर्णपदक जितेको हो । नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जितेका हुन् । नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो । यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । यस्तै सागअन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण जितेका हुन् । उनले बङ्गलादेशका खेलाडीलाई पराजित गरे । सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो ।

साग पदक तालिकाः

देश        स्वर्ण    कास्य    रजत    जम्मा
भारत     १०६     ६९       ३५           २१०
नेपाल     ४३       ३३        ६२         १३८
श्रीलङ्का    ३०      ५४       ८३           १६७
पाकिस्तान  २१    १८         ३४           ८३
बङ्गलादेश   ७    २२        ५४            ८३
माल्दिभ्स    १      ०           २              ३
भूटान        ०      ०          ६              ६
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप