शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१३औँ साग : ह्याण्डबलमा नेपाली महिला टोली फाइनलमा

शनिबार, २१ मङ्सिर २०७६, १९ : ४१
शनिबार, २१ मङ्सिर २०७६

दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत ह्याण्डबलमा कठोर मेहनतका साथ नेपाली महिला टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको छ ।आज भएको सेमिफाइनल खेलमा नेपालले पाकिस्तानलाई २२–२१ गोलअन्तरले पराजित गर्दै महिला टोलीले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो ।

लीले उपाधिका लागि आइतबार नेपाल भारतसँग भिड्ने छ । खेलमा नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् । आजै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई ४१–१३ गोलअन्तरले जित हासिल गर्दै फाइनल पुगेको छ । 

भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल गरे । बङ्गलादेश र पाकिस्तान आइतबार कास्य पदकका लागि खेल्नेछन् । १२औँ संस्करणको महिला ह्याण्डबलमा भारत स्वर्ण पदक विजेता र बङ्गलादेश रजत पदक विजेता हो ।
 
पुरुष ह्याण्डबलमा भारत र पाकिस्तान फाइनलमा

साग खेलकूदअन्तर्गत पुरुष ह्याण्डबलको फाइनलमा भारत र पाकिस्तान प्रवेश गरेको छ । भारतले श्रीलङ्कालाई र पाकिस्तानले बङ्गलादेशलाई हराउँदै फाइनल पुगेको हो । 

आज भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३९–३२ गोलले हराउँदै फाइनल पुगेको हो । भारतका लागि सर्वाधिक दीपक र नवीन सिंहले सर्वाधिक समान सात गोल गरे ।
 
दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले बङ्गलादेशमाथि २७–१७ ले गोल गर्दै फाइनल पुगेको हो । मोहम्मद उजिर आतिफले सर्वाधिक सात गोल गरे । आइततबार भारत र पाकिस्तान स्वर्णका लागि फाइनल खेल्नेछ ।

 त्यस्तै, कास्य पदकका लागि श्रीलङ्का र बङ्गलादेश खेल्नेछ । सागको ११औँ संस्करणदेखि पुरुष ह्याण्डबल खेलले प्रवेश पाएको हो । जसमा ११औँ संस्करणमा पाकिस्तान स्वर्ण विजेता र भारत रजत पदक विजेता बनेको थियो । १२औँ संस्करणमा भारत स्वर्ण विजेता र पाकिस्तान रजत पदक विजेता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप