सैनिक कारबाहीमा परी २८ लडाकू मारिए
शनिबार, २१ मङ्सिर २०७६, १८ : ००
बुर्किना फासोको सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ आतङ्कवादी मारिएका छन् ।
सुरक्षा श्रोतले शुक्रबार दिएको जानकारीअनुसार देशको उत्तरी क्षेत्रमा भएको हवाई आक्रमणमा परी उनीहरु मारिएका हुन् ।
उत्तरी यातेन्गा प्रान्तको तिवबाल, किन र येन्सेलागयतका क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
सुरक्षाकर्मीहरुले आतङ्कवादीहरुका आश्रयस्थल तथा बन्दोबस्तीका सामग्रीहरु समेत नष्ट गरिएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
बुर्किना फासोमा सन् २०१५ देखि आतङ्वादीहरुको गतिविधि हुदै आइरहेको छ भने पछिल्ला केही हप्ता सुरक्षा कारबाही पनि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा