शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुकाई छिपाई लैजान लागेको भारतीय रुपैयाँ सहित ४ जना पक्राउ

शनिबार, २१ मङ्सिर २०७६, १७ : ३४
शनिबार, २१ मङ्सिर २०७६

सिरहा ।लहानबाट ठाडीतर्फ लुकाई छिपाई लैजान लागेको भारतीय ५ लाख २९ हजार रुपैयाँ तथा नेपाली ४९ हजार रुपैयाँ सहित ४ जनालाई भगवानुर गाउँपालिका-१ स्थित सडकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउगरेको छ ।  

पक्राउ पर्नेहरुमा सिरहा कर्जन्हा नगरपालिका-९ चमारटोल बस्ने ३२ वर्षीय उमेश कुमार महरा, लहान नगरपालिका-१९ कटाहा बस्ने २९ वर्षीय जिवछ कुमार साह, लहान नगरपालिका-२० हरीनगरा बस्ने ४० वर्षीय श्रीदेव महतो र सुनसरी रामधोनी नगरपालिका-९ बस्ने ३९ वर्षीय श्रवण कुमार चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लहान र अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले लहानबाट ठाडीतर्फ जाँदै गरेको डब्लुबि ०६ एफ ७२३२ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार उमेश कुमारको साथबाट भारतीय ४ लाख रुपैयाँ, जिवछ कुमारको साथबाट भारतीय १ लाख २९ हजार रुपैयाँ र श्रीदेव महतोको साथबाट नेपाली ४९ हजार रुपैयाँ फेला पारी कारका चालक श्रवण कुमार चौधरी समेतलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई बरामद रकम तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप