शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने

शनिबार, २१ मङ्सिर २०७६, १४ : ०३
शनिबार, २१ मङ्सिर २०७६

जिल्ला प्रशासन कार्यालयले यहाँका बजारमा सैनिक पोशाक बजारमा बिक्री वितरण गर्न बन्द गर्नेभएको छ । 

सैनिक पोशाक आपराधिक प्रवृतिका मानिसले लगाइ दुरुपयोग गर्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालयले सूचना जारी गर्दै सैनिक पोशाक बिक्री वितरणमा रोक लगाएको जनाएको छ । सूचना प्रकाशित भएको दिनदेखि सैनिक पोसाक गैरसैनिक व्यक्तिलाई बिक्री वितरण गर्न नपाइने जनाएको छ । 

नेपाली सेनाले मात्रै प्रयोग गर्ने क्यामोफ्लाइज कपडा सर्वसाधारणले प्रयोग गर्ने गरेको भन्दै प्रशासनले गैरसैनिकलाई उक्त पोशाक बिक्री वितरण नगर्न व्यापारीलाई आग्रह गरेको हो ।

प्रशासनले सैनिक पोशाक बिक्री वितरणमा रोक लगाएपछि यहाँका व्यापारीले आफूले बिक्रीका लागि ल्याएका सैनिक पोशाक तथा लुगा फिर्ता पठाउन थालेका दिपायल पिपल्लाका व्यापारी तथा स्थानीय खडक कुँवरले बताए । पछिल्लो समय यहाँका ग्रामीण क्षेत्र तथा बजारमा रहेका युवाले बढी जसो सैनिक पोशाक अर्थात् क्यामोफ्लाइज कपडा प्रयोग गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप