बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चन्दा नदिएपछि इटाभट्टामा बम

शनिबार, २१ मङ्सिर २०७६, १३ : १०
शनिबार, २१ मङ्सिर २०७६

रौतहट। चन्दा नदिएको भन्दै एक समूहले राजपुर नगरपालिका वडा नम्बर ७ स्थित चौधरी इटाभट्टामा बम राखेको छ । 

शनिबार बिहान भूमिगत समूह मधेस नेशनल पार्टीले इटाभट्टामा प्रेसर कुकर बम राखेको हाे । 

त्यहाँ कार्यरत मजदूरले झोलाभित्र बम देखेपछि प्रहरीलाई खबर गरेकोमा पछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जनाइएकाे छ । 

इलाका प्रहरी कार्यालय राजपुरले दुई महिनाअघि इटा भट्टाका मालिक विनोद प्रसाद जयसवालसँग भूमिगत समूहले चन्दा मागेको थियो । तर जयशवालले चन्दा दिएका नदिएपछि सो समूहले धम्की दिँदै आएको थियो । 
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप